‘मेरो मधुशाला’ विमोचन « प्रशासन
prasaLogo
८ जेष्ठ २०७४, सोमबार

‘मेरो मधुशाला’ विमोचन


प्रकाशित मिति : 22 May, 2017 10:24 am

कैलाली । साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासको आइतबार विमोचन भएको छ ।

टीकापुरमा एक समारोहबीच पूर्व ऊर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराईले सो पुस्तकको विमोचन गरेका हुन् । पूर्वमन्त्री भट्टराईले पुस्तकको शीर्षक नै उत्कृष्ट रहेको र राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहँदा विकृति आएको बताउँदै साहित्यले समाजको चित्रण गर्ने बताए ।

लेखक थापाले साहित्य सबै भित्र अङ्कुरित हुने बताउँदै समाजको अगाडि सबैले राख्नमात्र नसक्ने टिप्पणी गरे । कार्यक्रममा साहित्यकार धनञ्जय तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना र पुस्तकका प्रकाशक साङ्ग्रीला बुक्सका मणि शर्माले सो पुस्तकमाथि टिप्पणी गरेका थिए ।

साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथासङ्ग्रह, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पुर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस