पोखराको लेखनाथ महानगरपालिकाको मतगणना सम्बन्धमा विवाद कायमै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखराको लेखनाथ महानगरपालिकाको मतगणना सम्बन्धमा विवाद कायमै


८ जेष्ठ २०७४, सोमबार


पोखरा । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि सिर्जना भएको विवादका कारण रोकिएको मतगणना सुचारु अझै सम्म पनि शुरु हुन सकेको छैन ।

आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक मार्फत छलफल भए पनि दलहरूबीच सहमति जुट्न सकेको छैन ।

सर्वदलीय बैठकमा मतगणना सुचारु गर्ने सम्बन्धमा सहमति नजुटेपछि स्वस्तिक छापको प्रयोग सम्बन्धमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा आइतबार पत्राचार गरिएको थियो ।

आयोगले आइतबार साँझ जवाफ पठाउँदै मतगणना सुचारु गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ पुनः सर्वदलीय बैठक राखे पनि दलहरूबीच सहमति जुट्न नसकेका कारण मतगणना सुरु हुन नसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए ।

“मतगणना सुचारु गराउन कानुनी आधार मात्र नभएर स्थानीय दलबीच सहमति कायम गर्ने प्रयास स्वरुप आज पुनः सर्वदलीय बैठक बोलाएका छौँ,” उनले भने, “सर्वदलीय बैठकमार्फत सहमति कायम गरी मतगणना सुरु गराउने हाम्रो प्रयास छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस