ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
नेपाली कांग्रेसका उमेदवार चिरीबाबु महर्जन २१६३५ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २०५६० मतका साथ पछ्यायी रहेका छन् ।
त्यस्तै साझा पार्टीका रमेश महर्जनले ११९०९ मत पायका छन् ।