महानगर वडा नं. २९ र ३० मा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महानगर वडा नं. २९ र ३० मा काँग्रेस विजयी


७ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ ।

वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याएका थिए । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भएका छन् ।

यसैगरी वडा नंं. ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्की दुईहजार३३१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृुरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याएका थिए । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस