मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु


७ जेष्ठ २०७४, आइतबार


भक्तपुर । चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुनःमतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ ।

शनिबार बिहान चाँगुनारायण– ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगन गर्ने गरी मतगणनास्थलमा सिलबन्दी गरिएको छ ।

चाँगुनारायण– ३ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको केही बेरमा वडा नं. ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा नेकपा एमाले बाहेकका अन्य दलले कर्मचारीले मतगणना पारदर्शी नगरेको जनाउँदै विरोध गरेपछि मतगणना रोकिएको छ ।

अपराह्न पटक पटक मतगणना पुनःसञ्चालन गर्नेबारेमा दलबीच भएको छलफल टुङ्गोमा नपुगेपछि साँझ मतगणनास्थलमा सिलबन्दी गरी मतपत्र सुरक्षित राखिएको छ ।

शनिबार साँझ नै प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका राजाराम खड्का, नेमकिपाका न्हुच्छेभक्त फोजू, राप्रपाका रवीन्द्रप्रताप शाह, नेकपा माओवादी केन्द्रका होमनाथ लामिछाने र नयाँ शक्ति पार्टीका कान्छा तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै चाँगुनारायण– १, २, ३ र ४ को पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा मतगणनामा सहभागी कर्मचारीले काँग्रेसका प्रमुखका उम्मेदवारले प्राप्त गरेको १८४ मत एमालेका प्रमुखको उम्मेदवारको नाममा हालेको, नेमकिपाका प्रमुखले प्राप्त गरेको ११५ मतलाई बदर मतमा गणना गरेको, निर्वाचन निर्देशिकाले तोकेको अनुसूची तथा फारामको प्रयोग नगरेकाले परिणाम प्राप्त भएका मतमा समेत विश्वास नभएकाले पुनः मतगणना गर्नुपर्ने उल्लेख छ ।

मतपेटिका र मतपत्र रहेको कक्षमा गरिएको सिलबन्दी सहमतिबिना नतोड्न ती दलले सचेत गराएका छन् । मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले भने मतगणना रोकिएकाले छलफल र सहमतिबाटै समस्याको समाधान निकालेर पुनः मतगणना सुरु गर्नका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस