धुलिखेल नगर प्रमुखमा एमाले विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धुलिखेल नगर प्रमुखमा एमाले विजयी


७ जेष्ठ २०७४, आइतबार


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए ।

उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याइन ।

उक्त नगरपालिकाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं. ११ मा एमालेबाट विष्णु धिताल ९४१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याए ।

त्यस्तै वडा नं. १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस