अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान


७ जेष्ठ २०७४, आइतबार


साउदी अरेबिया । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैछन् । इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उनले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नेछन् ।

‘तपाइँहरुले सदैब पूजा, आराधना गर्नु हुने पबित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिप’ भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचास भन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ आफ्नो सम्बोधन मन्तब्य प्रकट गर्ने भ्रमण टोलीका प्रबक्ताले सञ्चार माध्यमहरुलाई बताएका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचन ताका उनी मुसलमान समुदायप्रति बढ्तै आक्रामक भै प्रचार प्रसारको क्रममा प्रयोग गरेको वाक्यप्रति पनि उनले क्षमा याचना गर्ने र अहिलेको सम्बोधन भाषणमा मुशलमान समुदायले मान्दै आएको आस्था र धर्मप्रति आफ्नो पनि सम्मान र आस्था प्रकट गर्ने र अत्यन्त शिष्ट, नरम र मुदु भाषा प्रयोग गरिने समेत जनाइएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस