परशुराम नगरमा काँग्रेस प्रवेश गर्ने बढे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परशुराम नगरमा काँग्रेस प्रवेश गर्ने बढे


७ जेष्ठ २०७४, आइतबार


डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रबाट नेपाली काँग्रेसमा प्रवेश गर्नेको संख्या छ । करिब ४ दशकपछि नगरले नेपाली काँग्रेसमा उचित, उर्जावान, सालिन र विकासवादी नेता पाएकाले यहाँका अन्य दलका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बडेको हो ।

नेपाली काँग्रेसका नगरसभापति एमालेमा प्रवेश गरे पनि उनको कार्यशैलीका कारण त्यसको असर पार्टीमा नपरेरको यस क्षेत्रका जानकारहरु बताउँछन् । २०४९ सालमै गाविसको अध्यक्ष भएर विकासको खाका कोरेका तथा तीन पटक काँग्रेसको महाधिवेशन प्रतिनिधि र पेशाले निर्माण व्यवसायमा करिब ३ दशकलामो अनुभव संगालेका नेता तथा समाजसेवी भिमबहादुर साउँद नगरको मेयरमा आकाँक्षी देखिएपछि पार्टी प्रवेश गर्नेको लहर चलेको छ ।

सालिन, समझदार र विकासवादी नेता नेतृत्वमा आउने देखेपछि अन्यपार्टी छोडेर काँग्रेस प्रवेश गर्नेको संख्या बढेको स्थानीय विनोद बिष्टले बताए । शनिबार भागेश्वर मावी बसौटीको ५३ औँ वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका साउदले सयौँ स्थानीयलाई पार्टी प्रवेश गराएका हुन् ।

परशुराम नगरपालिका २ को विकट ग्वान्नी किरोड र गोगन पानीमा नेपाली कांग्रेशको चुनावी सभामा सयजनाभन्दा बढीलाई टिका लगाएर नेपाली काँग्रेसको सदस्यता उपलब्ध गराएका हुन् । पार्टी प्रवेश गर्नेमा परशुरामा नपा ४ बस्ने पुख्र्यौली घर ग्वान्नी भएका नेपाल कम्युनिष्ट पार्टी एमालेका परशुराम नपा ४ का वार्ड अध्यक्ष कर्ण बहादुर धामी र सचिव यादव सिह साँउद एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेशमा परिवेश गरेका छन् । त्यस्तै करिब १० वर्ष माओवादी युद्धमा लागेका क्रान्ती विक पनि काँग्रेस प्रवेश गरेका छन् । उनले वीपी चिन्तन आत्मसाथ गर्नु नै उत्तम भएको भन्दै काँग्रेस प्रवेश गरेका हुन् । कांग्रेश प्रवेश गर्नेमा गजे कामी, राम कामी, सुरेस वहादुर बोहरा, रमेश बोहरालगायत दर्जनौ स्थानीय बासिन्दा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस