अल्ट्रा ट्रेलमा समिर पहिलो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अल्ट्रा ट्रेलमा समिर पहिलो


७ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । नेपालका समिर तामाङले अस्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन् । निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे ।

अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्ड समयसाथ दोश्रो भए । फ्रान्सका थिबाउट बारोनियन तेश्रो भए । दौड पूरा गर्न उनले ४ घण्टा ८ मिनेट ३३ सेकेन्ड समय खर्चे ।

Tags :
प्रतिक्रिया दिनुहोस