हेटौँडा उपमहानगरपालिका– ५ मा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेटौँडा उपमहानगरपालिका– ५ मा काँग्रेस विजयी


७ जेष्ठ २०७४, आइतबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ५ मा नेपाली काँग्रेस विजयी भएको छ ।

सो वडाको वडाध्यक्षमा काँग्रेसका राजेश बानियाँ एक हजार ८४१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर ढुङ्गानाले एक हजार ७४४ मत प्राप्त गरे । वडा सदस्यमा एमालेका ज्ञानबहादुर थापा, केशव श्रेष्ठ, सरस्वती दाहाल र भगवती विक विजयी भएका छन् ।

यसैगरी हेटौँँडा उपमहानगरपलिकाको पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा काँग्रेसका आनन्दराम पराजुलीले ११ हजार ७५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर महतले ११ हजार ४७७ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा एमालेका मीना लामाले ११ हजार ५१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलराम बलले ७ हजार ९७२ मत प्राप्त गरेका छन् । । रासस

Tags :
प्रतिक्रिया दिनुहोस