फाष्ट ट्रयाकको शिलान्यास जेठ १४ मा हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फाष्ट ट्रयाकको शिलान्यास जेठ १४ मा हुँदै


प्रशासन विशेष ब्युरो

६ जेष्ठ २०७४, शनिबार


काठमाडौं । बहुचर्चित काठमाडौं—निजगढ फास्ट ट्रयाक आगामी साता निर्माण शुरु हुने भएको छ ।

नेपाली सेनालाई जिम्मा दिएको फास्ट ट्रयाक बाराको निजगढमा प्रधानमन्त्री दाहालले यही १४ गते शिलान्यास गर्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

तराई – मधेश जोड्ने काठमाडौं – निजगढ दु्रतमार्ग शिलान्यासपछि सेनाले निर्माणको जिम्मेवारी तथा नेतृत्व लिएर आवश्यक दक्ष जनशक्ति र प्रविधि विदेशबाट झिकाउने तयारी गरेको छ । दु्रतमार्ग नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योजना गरहेको प्रधानमन्त्रीको नीजि सचिवालयको दावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस