काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्य १६५५० मतका साथ अग्रस्थानमा छन् । शाक्यलाई नेपाली कांग्रेसका राजुराज जोशीले ११३५९ मतका साथ पछ्यायी रहेका छन् ।
विवेकशीलकी रञ्जु दर्शनाले ६६१५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ४९४३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १८८४ मत प्राप्त गरेका छन् ।