सूर्यविनायक नगरपालिका–७ मा एमाले विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सूर्यविनायक नगरपालिका–७ मा एमाले विजयी


६ जेष्ठ २०७४, शनिबार


भक्तपुर, ६ जेठ । सूर्यविनायक नगरपालिका–७ मा नेकपा एमालेका उम्मेदवारको समूह नै विजयी भएको छ ।

वडा नं. ७ मा वडाध्यक्षसहित सदस्यमा एमालेका रवीन्द्र सापकोटाको पूरै समूह विजयी भएको हो । वडाध्यक्षमा एमालेका सापकोटाले एक हजार पाँच सय ३४ तथा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णभक्त खत्रीले सात सय ६९ र राप्रपाका धर्मराज थापाले ३३७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी भएका छन् ।

आज बिहानसम्ममा सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसका विष्णुराज कार्की आठ हजार एक सय ७६ र उपप्रमुखमा एमालेकी जुना बस्नेत आठ हजार नौ सय १७ मतले अग्रस्थानमा छन् । प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले सात हजार नौ सय ७५ र उपप्रमुखमा काँग्रेसकी कल्पना राजथलाले छ हजार नौ सय १७ मत ल्याएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस