भरतपुर महानगरको मतगणना विवाद समाधानपछि पुनः शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुर महानगरको मतगणना विवाद समाधानपछि पुनः शुरु


६ जेष्ठ २०७४, शनिबार


चितवन । भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर दलहरुबीच बिवाद उत्पन्न भएपछि १० बुँदे सहमति गर्दै मतगणना कार्य सुरु गरिएको छ । निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए ।

बदर मत पनि सार्वजनिक गर्ने, मतपत्रलाई पारदर्शी बनाउने, मत सार्वजनकि गर्न सूचना अधिकारी तोक्ने, राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएपछि मात्रै मतपरिणाम सार्वजनिक गर्ने लगायतका विषयमा सहमति भएको छ ।

प्रत्येक वडाको मतपत्रका बाकस खोल्नु अघि मतपत्र रहेको र सर्टिङ गरेको मतमा कति–कति छ भन्ने बारेमा जानकारी गराउने सहमति पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस