गजल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गजल


६ जेष्ठ २०७४, शनिबार


जाँदै छु म बस्दैन बास, तिम्रो सहरमा
हुदैन भो बन्दैन दास, तिम्रो सहरमा

फोड्छु पहाड जाँन्छु ऊतै कुटो दाब्लो बोकि
चाकरी गर्दै खाँदैन गाँस, तिम्रो सहरमा

संकालु र लंकालु हुँदा रैछन् यहाँ
बन्यो भन्छन् ऊसैको खास, तिम्रो सहरमा

कुर्दा कुर्दै ढलि सक्यौ आधा बैस जिन्दगिको
गर्नु पनि कति आस, तिम्रो सहरमा

गर्नु गर्यो बेरोजगार र गरिबिले हत्या
बन्दा रैछन् तड्पिदै लास, तिम्रो सहरमा

Tags :
प्रतिक्रिया दिनुहोस