गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


६ जेष्ठ २०७४, शनिबार


नेताजीले खानपाए, पुग्यो हामीलाई,
चपाउँन पान पाए, पुग्यो हामीलाई ।

उनी हाम्रा ठूला दाजु, हामी साना भाइ,
ठुल्दाजुले शान पाए, पुग्यो हामीलाई ।

छर्–छिमेकी सहयोगी, दातृ संस्थाबाट,
बेला–बेला दान पाए, पुग्यो हामीलाई ।

हामी साना ठिने–मिने, रैछौं नाथेहरू,
दाइले ठूलो मान पाए, पुग्यो हामीलाई ।

जनता हामी भोट दिन, राखिएका रैती,
भोट मागी स्थान पाए, पुग्यो हामीलाई ।

प्रतिक्रिया दिनुहोस