गजुरी गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजुरी गाउँपालिकामा एमाले विजयी


५ जेष्ठ २०७४, शुक्रबार


धादिङ । गजुरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणमानुसार एमालेका राजेन्द्रविक्रम बस्नेत चार हजार ३३६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले चार हजार छ मतल प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकै सीता ढुङ्गाना चार हजार २१४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शर्मिला बिसुरालले तीन हजार ८३५ मत प्राप्त गरे । आठ वडा रहेको गजुरी गाउँपालिकामा एमालेले चार तथा माओवादी केन्द्र र काँग्रेसले दुई दुई वडामा विजय हासिल गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस