अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो ।

महिला जुनियर एकल कातामा मन्दिरा मगर र विभिषा श्रेष्ठ तथा सिनियर एकल कातामा कृपा गुरुङ र तिलगंगा बम्जन सेमिफाइनलमा पुगे । पुरुषको जुनियर एकल कातामा अन्जन मगर र सुरेन्द्र तामाङ तथा सिनियर एकल कातामा मनीष थापा मगर र सोनामसिंह राईले सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुषको २० केजीमा सुदीप सुनुवार र अभिषेक पौडेल, २५ केजीमा साहिल घले र सविन माझी, ४५ केजीमा अनिश लामिछाने र सुमित तामाङ तथा ५० केजीमा राम गिरी र प्रदीप लामाले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको ब्याकुल माइलाले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबार सम्पन्न हुने प्रतियोगितामा नेपालबाट ३ सय ६७, भारतबाट १ सय ८२, श्रीलंकाबाट १२, बंगलादेशबाट ४ र पाकिस्तानबाट ३ खेलाडीको सहभागिता रहेको आयोजक डोजोका प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् । काता र कुमुतेमा गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस