खुकुरी प्रहारबाट दुई घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खुकुरी प्रहारबाट दुई घाइते


५ जेष्ठ २०७४, शुक्रबार


रसुवा । खुकुरी प्रहारबाट उत्तरी रसुवाको स्याफ्रुबेंसीमा आज एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ का २९ वर्षीय थुर्पु साङ्बो तामाङ छन् । उनको टाउको र कानमा गम्भीर चोट लागेका कारण अपराह्न काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ ।

खुकुरी प्रहार गर्नेको खोजी जारी रहेको र घटनाको यथार्थ बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भने स्याफ्रुबेंसीस्थित राजमार्गमा टायर बाली दोषीमाथि कारबाही गर्न माग गरिरहेका छन् । आक्रोशित भिडले स्याफ्रुबेंसीस्थित प्रहरी चौकीमा तोडफोडसमेत गरेको छ । स्थिति साम्य पार्न थप सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।

नौकुण्ड गाउँपालिकास्थित यार्सामा पनि गए राति खुकुरी प्रहार हुँदा एक युवक घाइते भएकामा ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घाइते र दोषीको नाम ठेगाना नखुलेको बताइएको छ । पक्राउ परिसकेकाहरुलाई आज साँझसम्ममा सदरमुकाम ल्याइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस