दुर्गा मेडम: जसले शिक्षा मात्रै हैन मातृवात्सल्य पनि दिन्छिन् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्गा मेडम: जसले शिक्षा मात्रै हैन मातृवात्सल्य पनि दिन्छिन्


५ जेष्ठ २०७४, शुक्रबार


धनगढी । धनगढी माध्यमिक विद्यालयमा बाल बिकास केन्द्रकी शिक्षिका दुर्गा चौधरी विद्यार्थीहरुलाई आफ्नै छोराछोरी झैं स्याहार गर्छिन् ।

शुरु शुरुमा विद्यालयमा आउँदा डराउने, रुने र विद्यालय वातावरणलाई वबरानो मान्ने विद्यार्थीहरुलाई व्यवहारमै मातृवात्सल्य प्रदान गरेर विद्यालयको वातावरण घर जस्तै सुरक्षित र पृय बनाएकी छिन् ।

गरीब मजदुरका बालबालिकाहरुलाई उनी विद्यालयमा नुहाईदिने, कपाल कोरिदिने, नङ काटीदिने, पारिवारीक वातावरणमा जीवनोपयोगी शिप सिकाउने गर्छिन् । उनले बाल विकासका विद्यार्थी फोहोर भएर आउँदा आफुले सरसफाई गरिदिने गरेको बताइन् ।

रिसाउँदा वा पिट्दा बालवालिकामा मानसिक असर पर्ने भन्दै विद्यार्थीलाई सम्झाई बुझाई सरसफाई गर्न प्रेरित गर्ने गरेकी छिन् ।

विद्यार्थीको सरसफाइका लागि साबुन, तेल, कैची, नेल कटर सधै उनको साथमै हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस