चन्द्रागिरि नगरपालिका–८ मा एमाले विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरि नगरपालिका–८ मा एमाले विजयी


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार सन्तोष खडकाले ७५५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरोजकुमार थापाले ६८८ मत प्राप्त गरेका छन् । तीन सदस्यमा एमालेका सबिता राउत, कृष्णमाया पुर्कोटी र कमल खत्री निर्वाचित भएका छन् भने काँग्रेसका पुरुषोत्तम रिजाल विजयी भएका छन् ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार १७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले पाँच हजार ९३७ मत प्राप्त गरेका छन् ।

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले छ हजार ७४६ र एमालेका लीसा नकर्मीले छ हजार ६०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले १० र ११ वडाको मतगणना जारी छ । रासस

प्रतिक्रिया दिनुहोस