काठमाडौँ–२ मा एमालेका श्रेष्ठको प्यानल विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ–२ मा एमालेका श्रेष्ठको प्यानल विजयी


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।

श्रेष्ठ एक हजार ८४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गरेका थिए ।

यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी भएका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको वडा नं. २ मा तीन हजार ४५१ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस