सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी


५ जेष्ठ २०७४, शुक्रबार


चौतारा । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा नेकाका लक्ष्मी पौडेल चार हजार २०६ मत प्राप्त गरी विजयी भएका छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरेका छन् । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिका वडा नं. १, २, ४ र ६ मा नेकाका उम्मेदवार क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं. ३, ५ र ७ मा नेकपा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस