पाँचखालको नगर प्रमुखमा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँचखालको नगर प्रमुखमा काँग्रेस विजयी


५ जेष्ठ २०७४, शुक्रबार


काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेल सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले छ हजार ८०० मत ल्याए ।

त्यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसबाट नै लक्ष्मी दनुवार सात हजार २६ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले छ हजार ६२२ मत प्राप्त गरिन् ।

यस्तै, बनेपा नगरपालिका वडा नं. १० मा काँग्रेसबाट मोहनबहादुर भण्डारी एक हजार २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर प्रजापतिले ९१९ मत ल्याए । त्यस्तै, बनेपा–११ मा वडाध्यक्षमा नेपाली काँग्रेसबाट तारामान लामा ७९४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुकुन्द अर्यालले ७११ मत प्राप्त गरे ।

त्यसैगरी, मण्डन देउपुर नगरपालिका–९ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा जितबहादुर तामाङ ७९३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम श्रेष्ठले ७२५ मत ल्याए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस