भोटेकोसी गाउँपालिकामा माओवादी विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोटेकोसी गाउँपालिकामा माओवादी विजयी


४ जेष्ठ २०७४, बिहिबार


चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजकुमार पौडेल दुई हजार ५७३ मत ल्याई विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका साङबु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी दाबुटी शेर्पाले दुई हजार ५१० मत प्राप्त गरी विजयी भइन भने उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी गेल्मो शेर्पाले दुई हजार १४६ मत प्राप्त गरिन ।

Tags :
प्रतिक्रिया दिनुहोस