ज्वालामुखी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ज्वालामुखी गाउँपालिकामा काँग्रेस विजयी


४ जेष्ठ २०७४, बिहिबार


धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका विनोद तिमल्सिनाले पाँच हजार ९५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले पाँच हजार ९३० मत प्राप्त गरे ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडा पाँच हजार ७७९ मत प्राप्त गरी विजयी भइन । उनको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले चार हजार ८९४ मत प्रप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस