२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा नगरपालिकासहित ३ गाउँपालिकामा काँग्रेस

अ+ अ-

म्याग्दी । गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना बिहिबार बिहान सम्पन्न भएको छ ।

म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छवटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए ।

बेनी नगरपालिकाको प्रमुखमा नेकाका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित भइका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा नेकाका क्या। डमबहादुर पुन गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । उनले तीन हजार ३२० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तीन हजार १२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले चार हजार ४३४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गरेका रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिए ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्र गठबन्धनका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गरे ।

त्यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा पनि नेकाका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरे ।

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी भएकी छिन् । उनले दुई हजार ४६० मत प्राप्त गरिन भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गरेका छन् । त्यस्तै, मङ्गला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस