गल्याङ नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

गल्याङ नगरपालिकामा एमाले विजयी


४ जेष्ठ २०७४, बिहिबार


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका भूपराज अधिकारी आठ हजार ३६४ मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गरेका हुन् । उपप्रमुखमा नेकपा एमालेकी देवी थापा आठ हजार ३१४ मत ल्याई विजयी भइन् ।

एघार वटा वडा रहेको गल्याङको वडा नं. १ मा एमालेका गणेश बस्याल, २ मा एमालेका ईवप्रसाद कर्माचार्य, ३ मा काँग्रेसका महेश भट्टराई, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ५ मा माओवादीका विष्णुबहादुर क्षेत्री, ६ मा एमालेका टीकाराम भुसाल, ७ मा एमालेका रामबहादुर गुरुङ र ८ मा काँग्रेसका भेकप्रसाद श्रेष्ठ विजयी भएका छन् भने वडा ९ मा काँग्रेसका हरिलाल खनाल, १० मा काँग्रेसका ध्रुवप्रसाद शर्मा र ११ मा एमालेका शंकरदेव अधिकारी विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस