चापाकोट नपामा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चापाकोट नपामा काँग्रेस विजयी


४ जेष्ठ २०७४, बिहिबार


वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी भएका छन् । उनी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् ।

विजयी गिरीले पाँच हजार ९८९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गरे । त्यस्तैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकै बिमला श्रेष्ठ विजयी भएकि छिन् । विजयी श्रेष्ठले ६ हजार ३५८ मत प्राप्त गरिन ।

चापाकोटका १० वटा वडामध्ये सातवटा वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ भने तीनवटा नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।

वडा नं. १ मा नेकाका टीकाराम तिवारी, २ मा काँग्रेसकै सूर्यबहादुर सेन, ३ मा काँग्रेसकै सुन्दरविक्रम खाँण, ४ मा काँग्रेसका विक्रम सारु, ५ मा काँग्रेसका इन्द्रबहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ८ मा नेकाका नवराज श्रेष्ठ, ९ मा एमालेका शङ्करभक्त भण्डारी र १० मा एमालेका रामु कोइराला विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस