अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन


४ जेष्ठ २०७४, बिहिबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका डमबहादुर पुन विजयी भएका छन् ।

काँग्रेसका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका पुन तीनहजार ३२० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तीन हजार १२७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले तीन हजार २४५ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले तीन हजार १८६ मत पाएइकी थिइन ।

जम्मा १० हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालिकाको आठमध्ये चारवटामा नेका, तीन वटामा एमाले र एक वटामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस