लिसङ्खु पाखरमा एमाले विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लिसङ्खु पाखरमा एमाले विजयी


३ जेष्ठ २०७४, बुधबार


 

चौतारा । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेका हेमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गरे ।

सो गाउँपालिकाको वडा नं. १, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ । वडा नं. २ र ६ मा एमाले तथा वडा नं. ५ मा काँग्रेस पुरै समूहसहित विजयी भएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस