पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी


३ जेष्ठ २०७४, बुधबार


काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ४ मा नेपाली काँग्रेस र ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी भएका छन् भने ५ मा नेकपा माओवादी केन्द्रका बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश नेपाल ४७९ मत ल्याई दोस्रो भएका छन् भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो भएका छन् ।

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी भएकी छिन् । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भएका छन् ।

वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस