पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी


३ जेष्ठ २०७४, बुधबार


पर्वत । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् ।

महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा एमाले विजयी भएको हो ।

अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ ।

त्यस्तै वडा नं. १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं. १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस