बागलुङ–३ मा जनमोर्चा विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागलुङ–३ मा जनमोर्चा विजयी


२ जेष्ठ २०७४, मंगलबार


बागलुङ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बनेकी छिन्  । नेकपा एमाले, राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बनेका हुन् । वडा नं. ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।

यसअघि भएको वडा नं. १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । काँग्रेसको बलियो मत रहेको भनिएका वडामै काँग्रेस पछि परेको छ । जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले र्याली निकालेका छन् । अहिले वडा नं. ४ को मतगणना चलिरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस