टोखा र नागार्जुनका वडाध्यक्ष विजय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टोखा र नागार्जुनका वडाध्यक्ष विजय


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । टोखा नगरपालिका–१ मा नेकपा एमालेका श्रीकृष्ण अधिकारी विजय भएका छन् भने वडा नं. २ वाट नेपाली काँग्रेसका दीपकराज जोशी र वडा नं. ३ मा नेपाली काँग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै टोखा नगरपालिकामा नेपाली काँग्रेसका हरिहर अधिकारीले अग्रता कायय राखेका छन् । अधिकारीले तीन हजार १२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । उनका अनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा माओवादी केन्द्रका कल्पना शर्माले करिब एक हजार मत प्राप्त गरेका छन् ।

यसैगरी नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा एमालेका खुमबहादुर केसी विजय भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । वडा नं. २ मा करिब एक हजार ८०० मतदाता रहेका छन् ।

यसैगरी प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिएका छन् । निर्वाचन अधिकृत लामिछानेका अनुसार खत्रीले एक हजार १४ मत नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा माओवादी केन्द्रका कुमार तामाङले ११५ मत ल्याएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस