अन्नपूर्ण–५ मा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अन्नपूर्ण–५ मा काँग्रेस विजयी


२ जेष्ठ २०७४, मंगलबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुन ५७६ मत प्राप्त गरी निर्वाचित भएका छन् । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गरे ।

सदस्यहरुमा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याई निर्वाचित भएका छन् । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस