धौलागिरी–३ मा एमाले विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धौलागिरी–३ मा एमाले विजयी


२ जेष्ठ २०७४, मंगलबार


म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी भएका छन् । एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस