कैलाली भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलाली भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि


२ जेष्ठ २०७४, मंगलबार


कैलाली । कैलाली भन्सार कार्यालयको चालु आवमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

आव २०७३/७४ मा दुई अर्ब सात करोड ४० लाख आठ हजार सङ्कलनको लक्ष्य लिएकामा गत चैत मसान्तसम्ममा रु एक अर्ब ८३ करोड ८२ लाख ८८ हजार सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यप्राप्तिका लागि रु २३ करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयले आव २०७२/७३ मा दुई अर्ब ९६ करोड तीन लाख ६४ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा तीन अर्ब ११ करोड ४४ लाख ३३ हजार सङ्कलन गरेको थियो । कार्यालयले चैत महिनामा सबैभन्दा बढी २६ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस