पोखरा महानगरपालिका वडा नं. २ मा काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पोखरा महानगरपालिका वडा नं. २ मा काँग्रेस विजयी


२ जेष्ठ २०७४, मंगलबार


पोखरा। पोखरा लेखनाथ महानगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस