प्रधान सेनापति क्षत्री बुधबार अमेरिका भ्रमणमा जादै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधान सेनापति क्षत्री बुधबार अमेरिका भ्रमणमा जादै


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्री बुधबार अमेरिकाको भ्रमणमा जाने कार्यक्रम रहेको छ । अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डको निमन्त्रणामा क्षत्री अमेरिका जाने कार्यक्रम तय भएको हो ।

यस भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले अमेरिकि उच्च सैनिक अधिकारीहरुसँग भेट गर्नुका साथै द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्ने छन् । यसै क्रममा अमेरिकी सेनाका विभिन्न ईकाईहरुद्वारा प्रस्तुत हुने व्रिफिङ्ग तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नेछन् ।

यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देश बिच लामो समयदेखि रहदै आएको सम्बन्ध थप सुमधुर आपसी सहयोग तथा सदभाव थप प्रगाढ हुन जाने नेपाली सेनाले विश्वास लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस