शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पदमार्ग पहिचान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पदमार्ग पहिचान


२ जेष्ठ २०७४, मंगलबार


कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तीन वटा पर्यापर्यटन पदमार्ग पहिचान गरिएको छ । पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्जले पदमार्ग पहिचान गरेको हो ।

पहिचान गरिएका पर्यापर्यटन पदमार्गमा पिपरैया वर्कौला, मालुमेला रानीताल र अर्जुनी लालपानी बडनीखेडा छन् ।

तीनवटै पदमार्गको लम्बाइ ३७ दशमलव ६९ किमी रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

पदमार्गका माध्यमबाट निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धनसँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनमा वृद्धि भई वन्यजन्तुको संरक्षणमा स्वःस्फूर्त विश्वास बढ्ने उनले बताए ।

पदमार्गमा जाने पर्यटकले संरक्षित जनावर बाघ, चितुवा बाह्रसिंगा, लोपोन्मुख सेतोकण्ठे धिप्सी चरा, गैँडालगायतका जनावर र संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसे मैदान, ताल, सीमसार क्षेत्रको अवलोकन गर्न पाउँछन् ।

निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम र जुलोजिकल सोसाइटी अफ लण्डनको अध्ययनमा सो पदमार्ग पहिचान गरेको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस