तारकेश्वर–१ मा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तारकेश्वर–१ मा एमाले विजयी


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ ।

एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । नेकपा माओवादी केन्द्रका भरत भट्टले २८५ मत प्राप्त गरेको थियो । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं. २ र वडा नं. ३ को मतगणना जारी छ ।

त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस