हेटौँडा उपमहानगर– १ मा काँग्रेस विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हेटौँडा उपमहानगर– १ मा काँग्रेस विजयी


२ जेष्ठ २०७४, मंगलबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य सोमबार बिहान सम्पन्न भएको छ ।

सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरे । वडाअध्यक्षमा विजय प्राप्त गरेका सविन न्यौपाने हेटौँडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादक हुन् ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, १८ र १९ वडाको मतगणना कार्य १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस