काठमाडौं महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा केहीबेर अघिसम्म जम्मा ७६१ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ ।

२१३ मतका साथ मेयरमा नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्यले अग्रता कायम गरेका छन् । उनलाई साझा पार्टीका किशोर थापाले १४२ का साथ पछ्याउदै छन् । त्यस्तै कांग्रेसका राजुराज जोशीले १३५ मत प्राप्त गरेका छन् ।

विवकेशील नेपाली दलकी रन्जु दर्शनाले ११० मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ११ मत र नयाँ शक्ति/संघीय समाजवादीका उमेदवार पवित्र बज्राचार्यको १८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस