काठमाडौं महानगरमामा एमाले अग्रस्थानमा, साझा पार्टीका किशोर थापा पछ्याउँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौं महानगरमामा एमाले अग्रस्थानमा, साझा पार्टीका किशोर थापा पछ्याउँदै


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा एमाले अग्रस्थानमा रहेको छ । काठमाडौं महानगरपालिकामा ७११ मत गणना हुँदा मेयरमा नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्य २०३ मतसहित अग्रस्थानमा छन् भने उनलाई साझा पार्टीका किशोर थापाले पछ्याउँदैछन् ।

थापाले १३३ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजुराज जोशीले १२८ मत प्राप्त गरेका छन् । विवकेशील नेपाली दलकी रन्जु दर्शनाले १०२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ११ मत प्राप्त गरेका छन् । नयाँ शक्ति/संघीय समाजवादीका उमेदवार पवित्र बज्राचार्यको १५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस