कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।

नगरपालिकाको वडा नं. २ को मतगणनाका क्रममा नेकपा एमालेले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस