गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता


१ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् ।

दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गरेकी छिन् ।

नगरपालिकाको वडा नं. १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं. वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।

कागेश्वरी मनोहरामा पनि काँग्रेसकै अग्रता

कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा एमालेका कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फुँयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी अनिता अधिकारीले ७०७, एमालेकी बिन्दु सिम्खडाले ५७५, माओवादीकी रुकु रणपालले २८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए ।

वडा नं. १ को मतगणना भइरहेकामा वडा अध्यक्षमा काँग्रेसले ५८९, एमालेले ५४२, माओवादीले ३९४ र राप्रपाले ९४ मत पाएका छन् ।

शङ्खरापुरमा एमालेको अग्रता

शङ्खरापुर नगरपालिकामा नेकपा एमालेका सुवर्ण श्रेष्ठले ८५८, नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले ५७०, नेपाली काँग्रेसका शङ्कर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली काँग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेका छन् ।

शङ्खरापुरको १ नं. वडामा एमाले विजयी

शङ्खरापुर नगरपालिका वडा नं. १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९२५ मत ल्याई विजयी हुनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७४२ र काँग्रेसका रमेश तिवारीले ३५० मत पाएका थिए ।

निर्वाचित सदस्यमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ छन् ।

बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता

बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा माओवादी केन्द्रका रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए ।

नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं. १२ र १३ को मतगणना भइरहेको उनले बताए ।

तारर्केश्वर नगरपालिकामा काँग्रेस अघि

तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ ।

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् ।

कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस