२ सय ४३ तहमा मतगणना जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२ सय ४३ तहमा मतगणना जारी


१ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २ सय ८१ तहमा भएको निर्वाचनमध्ये २ सय ४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ का १ सय १०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन् । आइतबार प्रदेश नं. ३ का १ सय १९, प्रदेश नं. ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो ।

थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस