नुवाकोटमा मतगणना जारी, नगरपालिकामा एमाले अगाडि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नुवाकोटमा मतगणना जारी, नगरपालिकामा एमाले अगाडि


१ जेष्ठ २०७४, सोमबार


नुवाकोट । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं. १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रमा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस