मत गणना आजै राति देखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मत गणना आजै राति देखि


३१ बैशाख २०७४, आइतबार


काठमाडौं । पहिलो चरण अन्तर्गत आज भइरहेको मतदान सकिए लगत्तै मतगणना कार्य शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मतगणनाका लागि थप ११ बुँदे निर्देशन जारी गर्दै वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको मतगणना सुरु हुने उल्लेख गरेको छ ।

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ जसमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधिका लागि ४९ हजार तीन सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

हेर्नुहोस् आयोगले जारी गरेको ११ बुँदे निर्देशक

Tags :
प्रतिक्रिया दिनुहोस